१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एलओडीका अर्का सञ्चालक पनि पक्राउ


23.244k
Shares

काठमाडौं । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा रुदिल पक्राउ परेका हुन् ।

ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९:३० बजे श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो । यसअघि क्लबका अर्का सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो ।

१६ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो ।