
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गर्नुभयो । उहाँले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको र कुनै कुरा नलुकाएको बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहीतका पक्षमा कुनै कुरा नगरेको बताउनुभयो ।
अध्यक्ष ओलीले नेपालमा बहुदलिय व्यवस्था छ तर लोकतन्त्र र कानूनी राज नरहेको जिकिर गर्नुभयो । उहाँले नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसदबाट नचुनिएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथिथ ठट्टा गरिएको बताउनुभयो ।
अध्यक्ष ओलीले छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बतउनुभयो । नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनैपनि स्थानमा भेट्न तयार रहेको बताउनुभयो । उहाँले सत्तापक्षले घमण्ड देखाएर संसदमा भेट्ने भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनैपनि ठाउँमा भेट्न तयार रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले कोही प्रदेशमा सरकार गठनको नाममा लगातार संविधान मिचिएको बताउनुभयो । उहाँले सामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्नेकुरा उचित नरहेको बताउनुभयो । उहाँले अहिलेको कोशी प्रदेश सरकार संघबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हीतहरुलाई जन्मदिनको केक झैँ काटेको बताउनुभयो । उहाँले राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक प्रमाणीकरण भएको बताउनुभयो । अध्यक्ष ओलीले संविधानअनुसार अघि बढाउनुपर्ने विषय मन्त्रीपरिषद्बाट पठाइनु विश्वकै इतिहासमा नौलो भएको बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन सत्ताको उन्मातमा रुमल्ल्एिको बताउनुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको पक्ष पोषण गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवास लगायतका अनियमतताका घटनाहरुको सत्यतथ्य छानबिन गर्न एमाले तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्