१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दाहाल नेतृत्वको सरकार ढल्दैन : मन्त्री शर्मा


156
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले अहिले सरकार दायाँबायाँ हुने अवस्थामा नरहेको बताउनुभयो । पछिल्लो समय प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर राजीनामा मागिरहेका बेला मन्त्री शर्माको यस्तो भनाइ आएको हो ।

व्यवसायी प्रितम सिंहबारे दिएको अभिव्यक्तिमा दाहालले नै स्पष्ट पारिसकेको पनि उहाँले बताउनुभयो । सरकारलाई जनताको पूर्ण साथ रहेको उल्लेख गर्दै मन्त्री शर्माले राम्रो काम गरीरहेकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको तर्क गर्नुभयो । मन्त्री शर्माले सरकारले हाई प्रोफाइल संलग्न भ्रष्टाचारका फाइल खोलिरहेकाले पनि जनताको साथ र समर्थन बढिरहेको बताउनुभयो ।

मन्त्री शर्माले नागरिकता ऐन प्रमाणीकरण भएपछि नागरिकताविहीनहरूले नागरिकता पाएको पनि बताउनुभयो । त्यस्तै, पछिल्लो समय मिटरब्याजसम्बन्धी अध्यादेश संसद अवरोधका कारण निष्क्रिय भए पनि सरकारले तत्काल यससम्बन्धी विधेयक ल्याउने उहाँको भनाइ छ ।