६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सुदूरपश्चिम प्रदेशको बजेटमा असन्तुष्टी


130
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् ।

गत असार १ गते सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट सत्तारुढकै सांसदहरुले सभापति देउवासँग संशोधनको माग राखेका हुन् ।

सभापति देउवासँग उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नसकिने अडान लिएको बताइएको छ । बजेट संशोधनको माग राख्न कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु देउवा निवास पुगेका थिए ।

सभापति देउवाले असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई पुरक बजेट ल्याएर माग सम्बोधन गरिने आश्वासन दिएको बताइएको छ । देउवालाई भेट्नु अगाडि असन्तुष्ट प्रदेशसभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतलाई भेटेर बजेट संशोधनको माग राखिसकेका छन ।