१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज : प्रहरी महानिरीक्षक कुँवर


4.433k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताउनुभएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताउनुभयो ।

साधन श्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको भन्दै कुँवरले जिल्लाबाटै साइबर अपराधको मुद्दा निक्र्यौल गर्ने सरकारको निर्णयले थप सहयोग पुगेको बताउनुभयो । प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिलेपनि अन्य निकायबाट भने अपेक्षा अनुसारको सहयोग नपाएको उहाँको गुनासो थियो । प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरु कार्यान्वयनका लागि तयार रहेको उहाँलेजानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरीले गरेका उपलब्धिमुलक काम तथा आगामी आर्थिक वर्षका लागि तय गरिएका कार्ययोजनाका विषयमा पनि छलफल भएको थियो । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले २०८० मा १३ वटा कार्ययोजनाका लक्ष्य रहेको जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनका लागि तत्काल परिचालन हुन सक्ने गरी उपलब्ध उद्धार सामाग्रीसहित १० हजार ८५ जना प्रहरी २४ सै घण्टा उपलब्ध गराइएको उहाँको भनाई थियो ।