
डडेल्धुरा । डडेल्धुरा जिल्लाको मुख्य बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रक्षेपण लगत्तै कृषिजन्य, घरेलु स्थानीय उत्पादन तथा किराना लगायत चिजवस्तुमा मूल्य वृद्धि भएको हो ।
बजारभाउ बढेका कारण उपलब्ध निर्माण सामग्री, लुत्ताकपडलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अवभाविक रुपमा बढ्दा सर्वसाधारणमा त्यसको प्रत्यक्ष असर परेको स्थानीय बताउँछन् ।
वर्षा याम सुरु भएसँगै बजारमा आउने ताजा तरकारीको उत्पादन प्रभावित भएपछि मूल्य वृद्धि भएको छ भने सदरमुकाममा सडक बिस्तारका क्रममा असन्तुष्ट पक्षले आन्दोलन गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको उपभोक्ताको भनाइ छ ।
बजारमा चामलको मूल्य ५० प्रतिशत र चिनी, दालहन लगायत अन्य दैनिक उपभोगका सामग्रीमा पनि १५ देखि २५ प्रतिशतले वृद्धि भएपनि अनुगमन तथा नियन्त्रण्का लागि सरोकारवाला निकायको ध्यान नगएको उपभोक्ताको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्