२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मकवानपुरमा दुई वटा ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु, २ जना घाइते


507
Shares

काठमाडौं । मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ना ६ ख ६६६७ नम्बरको ट्रक र ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका ५ जनामध्ये ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रक चालक चितवनको राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–२ गोर्दीटार का २१ वर्षीय सुमन चेपाङ र अर्को ट्रकका सहचालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ का २० वर्षीय अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेमा ट्रकमा सवार चितवनको राप्ति नगरपालिका वडा नम्बर–३ का बिबेक तामाङ र ट्रकका चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ का अर्जुनकुमार प्रजालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको बताइएको छ ।

शनिबार बिहान २ बजे ट्रक एक आपसमा ठोक्किएर आगलागी दमकलको सहयोगमा निभाइएको हो ।