२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पाल्पाका एकीकृत समाजवादीका अध्यक्ष खिमा नन्द पाण्डेको निधन


1.079k
Shares

पाल्पा । पाल्पाका नेकपा समाजवादीका अध्यक्ष खिमा नन्द पाण्डे (कमल)को निधन भएको छ ।

पाण्डेको हृदयघातका कारण शुक्रबार साँझ निधन भएको हो ।

शुक्रबार दिउँसो खेतमा काम गरिरहेका बेला छाती दुखेपछी उहाँलाई अस्पताल लैजाँदै गर्दा साँझ बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

५२ बर्षिय पाण्डे सरल र सबैका प्रिय हुनुहुन्थ्यो । उहाँको शनिबार राम्दी घाटमा अन्त्येष्टि गरीने भएको छ ।