
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा सुख्खा पहिरो खसेको हो।
पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ ।
सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रु बिच बाटोमा अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्