
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका कृषकहरुले कृषि तथा पशुपंक्षी फर्मबाट मनग्य आम्दानी गर्न थालेका छन् ।
कृषि र पशुपालनबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका कृषकहरुले जग्गा भाडामा लिएर व्यवसायीक कृषि र पशुपालन गदै आएका हुन् ।
स्थानीय खिमबहादुर पाण्डेले पनि ५० रोपनी जग्गा भाडामा लिएर थालेको कृषि फर्ममा ५ वटा दुहुना भैंसी र गोठभरी गाईबस्तु छन् । दैनिक ६० लिटरभन्दा बढी दूध बेच्दै आएका उनले तरकबाली काउली, साग, बोडी, काँक्रो, खुर्सानी लगायतका बेमौसमी तरकारीबाट पनि मनग्य आम्दानी गर्दै आएको बताउँ छन् ।
बजारको कुनै समस्या नभए पनि फर्मसम्म सडक संजाल राम्रो नहुँदा ढुवानीमा समस्या आउने कृषकहरुको गुनासो छ । पटक पटक सम्बन्धीत निकायलाई यस विषयमा जानकारी गराउँदा समेत ध्यान उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्