
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टिकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गर्नु भएको छ ।
शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टिकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उहाँको दावी थियो । उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराउनुभयो ।
एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्