
एजेन्सी । पाकिस्तानमा भारी वर्षाका कारण हालसम्म ५० जनाको मृत्यु भइसकेको छ ।
मनसुन शुरु भएसँगैको लगातार वर्षाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ भने ३३ लाख मानिस प्रभावित भएका छन् ।
पाकिस्तानका दुर्गम जिल्लाहरुमा वर्षाले केही घरहरु ढलेका छन् । वर्षा हुने क्रम अझै केही दिनसम्म जारी रहने मौसमबिदहरुले बताएका छन् । वर्षाका कारण हवाई उडान समेत प्रभावित बनेको छ ।
इन्टरनेशनल सेन्टर फर क्लाइमेट चेन्ज एण्ड डेभलपमेन्टले जारी गरेको विज्ञप्ती अनुसार वर्षा, खडेरी, र बढ्दो तापक्रमका कारण एशियाका ८ वटा राष्ट्रहरु जोखिममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्