१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्पेनका कार्लोस अल्कारेज विम्बल्डन टेनिसको आठौं चरणमा प्रवेश


208
Shares

काठमाडौं । स्पेनका कार्लोस अल्कारेज र ग्रिसका स्टेफानोस सित्सीपास विम्बल्डन टेनिसको राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

पछिल्लो खेलमा चिलीका निकोलस जेरीलाई ३–१ को सेटमा हराउँदै अल्कारेज प्रि–क्वार्टरफाइनलमा पुगेका हुन् । जेरी विरुद्धको खेल अल्कारेजले ६–३, ६–७, ६–३ र ७–५ को सेटमा जिते ।

अर्को खेलमा इटालीका फुसोभिचलाई हराउँदै रुसका डानिल मेदभेदेभ तथा सर्वियाका लास्लो जेरेलाई ३–० को सोझो सेटमा हराउँदै ग्रिसका स्टेफानोस सित्सीपास पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

महिलातर्फ काजखस्तानकी एलिना रिबाकिना, ट्युनिसियाकी ओन्स जबिउर, अमेरिकाकी म्याडिसन किज, बेलारुसकी अरिना साबालेन्का र चेक गणतन्त्रकी पेत्रा कितोभा राउण्ड अफ सिक्स्टिनमा पुगेका छन् ।