१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायती साइकल राइडर मार्क क्याभेन्डीस यस वर्षको टुर डे फ्रान्स साइक्लीङबाट बाहिर


273
Shares

एजेन्सी । बेलायती साइकल राइडर मार्क क्याभेन्डीस यस वर्षको टुर डे फ्रान्स साइक्लीङबाट बाहिरिएका छन् ।

फ्रान्सको लिबोर्नबाट लिमोजेसम्मको आठौं चरणको रेसमा दुर्घटनामा परेर घाइते भएपछि क्याभेन्डीस प्रतियोगिता छाड्न बाध्य भएका हुन् ।

आठौं चरणको दुरी सकिन करिब ६० किलोमिटर बाँकी रहेको अवस्थामा क्याभेन्डीस दुर्घटनामा परेका हुन् । दुर्घटनामा उनको काँधको हड्डी भाँचिएपछि अस्पताल लगिएको छ ।

३८ वर्षीय क्याभेन्डिसले टुर डे फ्रान्सको यो संस्करणपछि सन्यास लिने घोषणा गरेका थिए । साईकल रेसको स्प्रीन्टतर्फ अहिलेसम्मकै महान खेलाडीमध्येका एक क्याभेन्डीसले टुर डे फ्रान्समा ३४ चरण जितेका छन् ।