
अर्घाखाँची । अर्घाखाँची र प्युठानको संगमस्थलमा झोलुङ्गे पुलकाे उद्घाटन भएको छ ।
प्युठानको ऐरावती गाँउपालिका– ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ५ को संगमस्थल छापेखोलामा निदेनीगैरा झोलुङ्गे पुल निर्माण भएको हो ।
भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले पुलको उद्घाटन गर्दै पुलको नाम मितेरीपुल राखेको बताउनुभयो ।
४४ लाख १२ हजार रुपैयाँमा निर्माण भएको पुलको लम्बाइ ७७ मिटर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्