
काठमाडाैं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्री थप्नुभएको छ ।
माओवादीबाट दुई र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री थपिएका हुन् । माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली कांग्रसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई हुनुहुन्छ।
गत शुक्रबार सपथ ग्रहणसँगै मन्त्रीमण्डल गठन गर्दा माओवादी सरकारमा सहभागी भएको थिएन ।
प्रतिक्रिया दिनुहोस्