२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत : विश्वप्रकाश शर्मा


377
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताउनुभएको छ ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गर्नुभएको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउनेगरी बोल्न नमिल्ने बताउनुभयो ।

त्यस्तै, प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताउनुभयो । महामन्त्री शर्माले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताउनुभयो ।

उहाँले शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराउनुभयो ।