
काठमाडौं । जनता समाजवादी पार्टी (जसाप)का प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्न दिनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाईदा नपुग्ने उहाँको भनाई थियो ।
आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकीर समेत गर्नुभयो ।
उहाँले संसद अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताउनुभयो । प्रमुख सचेतक यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने पटकपटक दोहोर्याउनुभयो ।
प्रमुख सचेतक यादवले संसद अवरुद्ध पार्नका लागि जनताले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्