
काठमाडौं । सुदूरपश्चिम सरकारले सार्वजनिक गरेको बजेट अपाङ्गमैत्री नभएको भन्दै विगत १० दिनदेखि आन्दोलनरत अपाङ्गता भएकाको आन्दोलन स्थगित भएका छ ।
प्रदेश सरकारको प्रतिवद्धतापछि उनीहरुले आन्दोलन रोकेका हुन् ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बजेट अपाङ्गतामैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेसँगै अनसनबाट सुरु भएको सडक आन्दोलन रोकिएको छ ।
अपाङ्गता भएकाहरूको हक अधिकार र सम्मानित जीवनयापनका लागि उठाइएका मागलाई मन्त्री साउदले तत्कालै बजेटबाट सम्बोधन, नीतिगत रूपमा सुधार र अन्तरमन्त्रालय वा निकायसँग समन्वय र बाँकी विषयमा थप छलफल गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको हो ।
प्रतिक्रिया दिनुहोस्