
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताउनुभएको छ ।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद अवरोधमा विश्व रेकर्ड कायम गर्न लागेको बताउनुभएको हो ।
सांसद दाहालले एमाले नेपालको सन्दर्भमा सबैभन्दा धेरै संसद अवरोध गर्ने पार्टीको रुपमा स्थापित भइसकेको भन्दै स-साना कुरामा पनि संसद अवरोध गरेर विश्व रेकर्ड कायम गर्न लागेको बताउनुभयो । उहाँले संसद अवरोध गर्ने संस्कारको अन्त्य गर्दै नीति निर्माण र वहसको थलोको रुपमा स्थापिन गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले अवरुद्ध संसद खुलाउने नाममा सरकारले भ्रष्टाचार बिरोधी अभियान रोक्ने कुराको सम्झौता नगर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्