
एजेन्सी । सिरियामा अमेरिकी सेनाको ड्रोन हमलामा आतंकबादी समुह आइएसआइका प्रमुख मारिएका छन् ।
सिरियाको पुर्वी क्षेत्रमा अमेरिकी सेन्ट्रल कमाण्डले गरेको ड्रोन हमलामा आइएसआइ प्रमुख उसामा अल मुहाजिर मारिएका हुन् ।
हमलामा सो समुहका केही लडाकुहरु घाइते भएका छन् ।
गत वर्ष अमेरिकी सेनाले सिरियाको पुर्वी क्षेत्रमा छापा मारी उनीहरुको पकड क्षेत्र पत्ता लगाइ केही नेतालाई गिरफ्तार समेत गरेको थियो । यसअघि अमेरिकी कारबाहीमा आइएसआइका पुर्व प्रमुख अबु बक्र अल बगदादी मारिएका थिए ।
उनको मृत्यु पछी सो समुहको नेतृत्व अल मुहाजिरले लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्