१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विम्बल्डन टेनिसमा हुर्काज माथि जोकोभिचलाई दुई सेटको अग्रता


182
Shares

काठमाडौं । विम्बल्डन टेनिसमा समय अभावले शिर्ष खेलाडी नोभाक जोकोभिच र हुबर्ट हुर्काजबिचको खेल बिचमै रोकिएको छ ।

आइतबार मध्यरातीसम्म दुई सेट मात्रै सम्पन्न भएपछि बाँकी खेल सोमबार हुनेछ । खेल रोकिनुपूर्व सर्वियन खेलाडी जोकोभिचले पोल्याण्डका हुर्काजमाथि २ सेटका अग्रता लिएका छन् । जोकोभिचलाई कडा टक्कर दिएका हुर्काजमाथि जोकोभिचले ७–६ र ७–६ को अग्रता लिएका छन् ।

जोकोभिचले दुबै सेट टाई ब्रेकरमा जितेका हुन् । खेल जित्दै क्वाटरफाइनलमा पुग्न जोकोभिचलाई आज एक सेट जिते पुग्छ । विम्बल्डन टेनिस प्रतियोगिता भईरहेको बेलायतको लण्डन शहरमा राती साँढे ११ बजेसम्म खेल सकाउनुपर्ने समयसिमा राखिएको छ । उक्त समयमा नसकिएका प्रतिस्पर्धाको बाँकी खेल भोलिपल्ट हुनेछ ।

उता महिलातर्फ बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २/६, ६/४ र ७/६ ले हराउँदै युक्रेनकी भितोलिना तथा स्विटजरल्याण्डकी बेलीन्डा बेन्सीचलाई ६/७, ७/६ र ६/३ ले पाखा लगाउँदै पोल्याण्डकी इगा सिवाटेक पनि क्वाटरफाइनलमा पुगेका छन् ।