
बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
सोमबार पञ्चेश्वरबाट मेलौली जादैं लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर १२ यात्रु घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिनुभयो । घाइते यात्रुहरुको परिचय खुल्न नसकेको चौधरीले बताउनुभयो ।
अहिले घाइते यात्रुहरुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बस सडकबाट २०० मिटर तल खसेको छ । घटना सम्बन्धि थप विवरण आउन बाँकि छ ।
प्रतिक्रिया दिनुहोस्