१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनको एक किन्डरगार्टेनमा चक्कु प्रहार, ३ बालबालिकासहित ६ जनाको मृत्यु


247
Shares

एजेन्सी । चीनको एक किन्डरगार्टेनमा जथाभावी चक्कु प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ ।

चीनको दक्षिण पूर्वी ग्वाङदोङ राज्यमा रहेको किन्डरगार्टेमा प्रवेश गरेका २५ वर्षिय एक युवकले बालबालिका र शिक्षक शिक्षिकामाथि चक्कु प्रहार गर्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको हो । अन्य ३ जना मध्ये एकजना शिक्षक र एक अभिभावक रहेका छन् ।

अभिभावकले आफना बालबालिकालाई पढाइका लागि छोड्ने क्रममा चक्कु प्रहार भएको हो ।चीनमा हरेक वर्ष हुने चक्कु प्रहारका घटनामा दर्जनौंको मृत्यु हुने गरेको छ । त्यसमा पनि अधिकांश विद्यालय र कलेजहरुमा हुने गरेका छन् ।