
काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदार बहादुर अधिकारी (चितवन)लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ ।
अधिकारीलाई असार २५ गतेबाट लागू हुनेगरी अध्यक्ष लिङदेनले मुख्य सचिव पदमा मनोनयन गर्नुभएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । अधिकारी नेपाल सरकारका पूर्व सचिव समेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्