
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको सुनुवाइ सोमबार पनि हुन सकेन ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सोमबार दोस्रो दिन पनि सुनुवाइ हुन नसकेको हो ।
रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
आइतबार पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले गत शुक्रबार बारेसमार्फत मुख्यमन्त्रीविरुद्ध रिट निवेदन दर्ता गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्