२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नुपर्छ : गोकुल बास्कोटा


650
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले पद त्यागका लागि आँट गर्नुपर्ने बताएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म पदत्याग गर्न आँट गर्नुपर्ने बताउनुभएको हो ।

सत्ता स्वार्थका निम्ति देशको सार्वभौमिकता साट्न नसकिने भएकाले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने उहाँको भनाई थियो ।

सांसद बास्कोटाले प्रधानमन्त्री दाहाल वातावरणले, व्यवहारले, अभ्यासहरुले, कुराहरुले, लघुताभासले, आत्मसमर्पणवादले देशको हितमा नरहेकाले आफूहरुले सिंगो संसद र देशबासीलाई विश्वासमा लिने गरी आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिनका लागि संसद सूचारु गराएको पनि स्पष्ट पार्नुभयो ।

सांसद बास्कोटाले सत्तापक्षले मिटरब्याँज सम्बन्धि विधेयक ल्याउने विषयमा पनि एमालेले अवरोध गर्‍यो भनेर झुट कुरा बोलेको आरोप समेत लगाउनुभयो ।