
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा नेपालीहरु भर्ती भएको वा नभएको भन्नेकुरा सरकारलाई जनकारी नरहेको बताउनुभएको छ ।
सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको बताउनु भयो । उहाँले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोस्थित दुतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताउनु भयो ।
मन्त्री साउदले रुस सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको अध्ययनको चरणमा रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्