
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताउनुभएको छ ।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भनिष्यमा त्यस्तो कमजोरी नदोहो¥याउने प्रतिवद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताउनुभयो । प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीले गहिराईमा गएर जवाफ दिन भने नसकेको बताउनुभयो ।
प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्