१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सिआइबीको आग्रह


936
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले विज्ञप्ति जारी गरी ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सिआइबीले अनुसन्धान गरेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गर्नुभएको हो ।

अनुसन्धानका क्रममा विभिन्न निकाय र ब्यक्तिबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरूप दिन थप प्रेरणा मिलेको भन्दै उहाँले आगामी दिनमा समेत सहयोग हुने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

सिआइबीले ललिता निवास प्रकरणमा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति तथा पदाधिकारीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको अपेक्षासमेत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।