
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र निजी सैन्य समुह वागनरका प्रमुख येभगेनी प्रिगोजिनबीच भेटवार्ता भएको छ ।
दुई साता अघिको सैन्य विद्रोहपछि सार्वजनिक रुपमा देखानपरेका प्रिगोजिनले क्रेमलिनमा पुटिनसँग वार्ता गर्नुभएको हो ।
रुसी राष्ट्रपति भवन क्रेमलिनले पनि पुटिन–प्रिगोजिन भेटवार्ताको पुष्टि गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सैन्य कम्पनीका प्रमुखहरुसहित राष्ट्रपति पुटिनले प्रिगोझजिनसँग वार्ता गरेको बताउनुभएको छ ।
भेटवार्तामा युक्रेनको रणक्षेत्रमा वागनरको भूमिकाको मूल्यांकन र जुन २४ ताखिरमा वागनर समूहले गरेको विद्रोहको घटनामा छलफल भएको पनि पेसकोभको भनाइ छ । राष्ट्रपति पुटिनले वागनर समूहको ब्यवस्थापन, उनीहरुको रोजगारी र अब लडाईमा हुनसक्ने संलग्नतालगायतका विषयमा छलफल भएको बताइएको छ ।
सेना र वागनर दुवै पक्ष माृतभूमिको रक्षाका लागि अटल भएर लड्न तयार रहेको पनि क्रेमलिनका प्रवक्ताको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्