१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्‍यो : भैरवसुन्दर श्रेष्ठ


104
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु लगानीको सुनश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताउनु भयो । उहाँले अहिलेको सरकार र गठबन्धनका दलहरुले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको आरोप लगाउनु भयो ।

राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्ले लगानीमैत्री वातावरण बनाउन नसकेको बताउनु भयो ।