१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुरमा १५० शैय्याको अस्पताल बनाउन कोरियाले ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने


611
Shares

काठमाडौं । गणतन्त्र कोरियाले भक्तपुर ठिमीमा १५० शैय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदुतावासबीच भक्तपुरको जोखिममा रेहका क्षेत्रका गरिब जनताका लागि स्वास्थ्य पहुँच पुर्‍याउने गरी १५० शैय्याको अस्पताल बनाउन बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सोमबार मन्त्रालयमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदुतावासका राजदुत पार्क ते–योङले सम्झौता पत्रका हस्ताक्षर गर्नुभयो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि मध्यपुरठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर विजयकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।

गुणस्तरीय अस्पताल व्यवस्थापन,संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत ५ वर्ष अर्थात सन् २०२७ सम्ममा परियोजना सम्पन्न गर्ने सम्झौता पनि भएको छ ।

९.५ मिलियन अमेरिकी डलर लागतमा बन्ने परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका,मध्यपुरठिमी नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने छ ।

सम्झौता कार्यक्रममा बोल्दै अर्थ सचिव पोखरेलले कोरियासँग भक्तपुरका जोखिम रहेका जनतालाई स्वास्थ्य पहुँच दिनेगरी अस्पताल निर्माण गर्ने सम्झौता गर्न पाउँदा सरकार हर्षित भएको बताउनुभयो।