१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रकका ट्रक पास हुने मल समात्न नसकेको भन्दै सांसदको प्रश्न


845
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्नेकुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गर्नुभयो । उहाँले अवैधानिक बाटोबाट मल ल्याउनेहरुलाई कारबाही गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य मिश्रले कैलालीमा पानी नपर्दा किसानहरुले रोपाईं गर्न नसकेकोप्रति सिंचाईको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।