
काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
मंगलबार बिहान काठमाडौं तर्फ उडेको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । उक्त क्षेत्रमा नै हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेकोमा हालसम्म ५ जनाको शव भेटिएको छ ।
नाइन एनए–एमभी कलसाइन रहेको हेलिकप्टर मंगलबार बिहान १० बजेर १० मिनेट जाँदा कठमाडौंको लागि उडेको थियो ।
प्रतिक्रिया दिनुहोस्