२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


मनसुन सुरु भएयता २५ जनाको मृत्यु, १८ घाइते


91
Shares

काठमाडौं । यसवर्ष मनसुन सुरू भएयता यसको प्रकोपबाट २५ जनाको मृत्यु भएको छ ।

जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ ।

यस वर्षको बाढी पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ताको अवस्थामा छन् । यस्तै पाँचथरमा ३ जनाको मृत्यु भएको भने ३ जना बेपत्ता छन् । त्यसैगरी ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्युु भएको सरकारी तथ्यांक छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने आकलन गरेको छ । मधेसमा सबैभन्दा बढी अर्थात् ४ लाख ३ हजार १८० र त्यसपछि कोशीमा ३ लाख १ हजार १४३ जनसंख्या प्रभावित हुनसक्ने प्राधिकरणको प्रक्षेपण गरेको छ ।

बाढी–पहिरोबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने पनि प्राधिकरणको अनुमान छ ।