२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन : विमला राई पौड्याल


403
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरु दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गर्नुभयो । उहाँले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।