
काठमाडौं । राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र विचौलियाहरु बाहेक सबै असन्तुष्ट रहेको बताउनुभएको छ ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सत्ता पक्ष भएकाले आफूहरुले बजेट पास गर्नुपर्ने बाध्यता भएपनि सन्तुष्टिका साथ पास नहुने बताउनु भयो । उहाँले खर्च कटौतिको प्रश्ताव पेस गर्नुको स्थानमा बजेट संशोधनसहित अघि बढाउने प्रणालीको विकास गर्न जरुरी रहेको बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य स्वाँरले सत्तापक्षकै सांसदहरुले पनि बजेट सन्तुष्टिका साथ पास गर्ने स्थिति नरहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्