
काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा आवश्यक बजेट जान नसकेको बताउनुभएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवले यस्तो बताउनुभएको हो ।
उहाँले पिछडिएका प्रदेशहरुमा आवश्यक भन्दा कम बजेट गएकोप्रति असन्तुष्टि जनाउनुभयो । सांसद देवले पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ८ अर्ब २५ करोड बजेट भ्रष्टाचार बढाउने बजेट भएको बताउनुभयो । उहाँले सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउन पूर्वाधार विकास कार्यक्रमको बजेटले सहयोग गरिरहेको आफ्नो अनुभवले बताएको बताउनुभयो ।
सांसद देवले पूर्वाधार विकास कार्यक्रमको बजेट छुट्याउने कुरा प्रधानमन्त्री, मन्त्रीहरुको दोष नभइ प्रणालीको दोष भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्