
काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामाग्रीहरुलाई ब्राण्डिङ गरी विश्व बजारमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोवल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भइ नेपाल फर्किएपछि मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
भ्रमणका क्रममा उहाँले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउने गरेको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादनहरु ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
भ्रमणबाट उपसभामुख राना नेतृत्वको संसदीय टोली असार २५ गते राति स्वदेश फर्किएको थियो । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र संघीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्