२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ललिता निवास जग्गामा दोषी र निर्दोषलाई एउटै घानमा नराख्न अध्यक्ष नेपालको आग्रह


754
Shares

पाल्पा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा हिनामिना प्रकरणमा उचित न्याय हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा गरेको कार्यक्रममा उहाँले यसमा आफ्नो नाम पनि जोडिएको भन्दै न्याय संगत रुपमा छानबिन हुन्छ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

नेता नेपालले दोषी र निर्दोषलाई एउटै घानमा नराख्न आग्रह गर्नुभयो । जग्गा अनियमितता र भ्रष्टाचार काण्डका पछिल्लो सबै घटनाको छानबिनमा आफ्नो पार्टीले सरकारलाई सघाउने तर सरकारको व्यवहार निष्पक्ष हुनुपर्नेमा उहाँको जोड छ ।