
काठमाडौं । शेयर बजारमा दोस्रो दिन पनि सामान्य करेक्सन जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले ऋणात्मक रहेर २ हजार ७२ कायम भएर थामियो । सोमबार नेप्से नगन्य अंकले मात्र रातो रहँदा कारोबार ४ अर्ब नजिक पुगेकोमा यसदिन भने कारोबार ३ अर्ब हाराहारीमा खुम्चियो ।
मंगलबार विकास बैंक, वित्त, सामूहिक लगानी कोष र उत्पादनमूलक समूह सकारात्मक रहँदा बाँकी समूह ओरालो लागे । घटेको बजारमा पनि वित्त समूहमा साढें ३ प्रतिशत र वित्त समूहमा ३ प्रतिशतको वृृद्धि आयो । होटल र जलविद्युत समूह १ प्रतिशत बढीले ओरालो लाग्दा बाँकी सामान्य अंकले ऋणात्मक रहे ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ८३ कम्पनीको ८० लाख कित्ता बराबर शेयर २ अर्ब ८६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बजार ऋणात्मक रहेपनि झण्डै आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।
प्रतिक्रिया दिनुहोस्