
काठमाडौं । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रवद्र्धन गर्न समझदारी भएको छ ।
मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको अभियान हो ।
स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल–स्वदेशी’ अभियान संचालन गरिरहेको छ ।
सिएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने, कामदारहरूको सीप अभिवृृद्धि गर्ने जस्ता काम गर्दै आएको जनाएको छ ।
स्वदेशी सदस्यहरुको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको हो । मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुलाई बजारिकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले यो समझदारी गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताउनुभयो ।
समझदारीमा परिसंघका महानिर्देशक दीपकराज जोशी र दराजकी प्रबन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्