
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।
अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर साहले तारिखका लागि वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिनुभएको थियो ।
तर, न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले मेयर साहलाई वारेसको सुविधा नहुने भनेको हो ।
वारेसको सुविधा नहुने भएपछि अब मेयर साह अदालतमा आफैं उपस्थित हुनुपर्ने छ ।
भारतीय सिनेमा आदिपुरुषलाई काठमाडौंं महानगरभित्रका हलमा चल्न नदिने घोषणाको विपक्षमा अदालतबाट आदेश आएपछि मेयर साहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै प्रतिक्रिया दिँदै कानुन र अदालतको आदेश नमान्ने टिप्पणी गर्नुभएको थियो ।
मेयर साहको अभिव्यक्तिविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी निवेदन दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्