
काठमाडौं । सरकारले मिटरब्याज सम्बन्धी जाचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय गरेको छ ।
मंगलबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज सम्बन्धी जाचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा समेत गरेको छ । बरियताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले बताउनु भयो । बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य पनि तोकेको छ ।
सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो । बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चारमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्