
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।
२०४९ सालमा भूमि विभागमा शाखा अधिकृत हुँदा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको खुलेपछि सिआईबीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठसहित ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्