२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


प्रधानमन्त्री पत्नी सीताको निधन


11.141k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।

स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएकोमा उपचार सुुरु गर्दा नगर्दै सीताको निधन भएको हो ।

नर्भिक अस्पतालका डा. जगदीश जैसवालले बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा सीता दाहालको निधन भएको बताउनु भएको छ । प्रधानमन्त्री दाहाल र मन्त्रीहरु अहिले नर्भिक अस्पतालमा भेला भएका छन् ।

सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था हुनुहुन्थ्यो । पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट उहाँ लामो समयदेखि पीडित हुनुहुन्थ्यो ।