
काठमाडौै । एक वर्षपछि आज बस्ने तय भएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण बैठक स्थगित गरिएको हो ।
अब साउन २ गते केन्द्रीय समिति वैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति वैठक गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म चलेको थियो ।
अब साउन २ गते ठ्याक्कै एक वर्षपछि वैठक बस्ने तय गरिएको छ । बुधबारदेखि बस्ने बैठकका एजेण्डालाई अन्तिम रुप दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बुधबार बिहान डाकिएकोमा बैठक बस्नु अघि नै सीताको निधनको खबर आएपछि एजेण्डा तय गर्ने बैठक पनि बस्न सकेन ।
बैठकमा गत मंसीर ४ गते सम्पन्न आमनिर्वाचनको समीक्षा, पार्टीको नीति महाधिवेशन, सदस्यता वितरण, कार्यसम्पादन समिति बैठकका निर्णयहरूको अनुमोदनलगायतका विषयमा छलफल गर्ने भनिएको थियो ।
यस्त,ै भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी मुद्धा खेपिरहेका सहमहामन्त्री बालकृष्ण खाँडलाई पार्टीबाट निलम्वन गर्नुपर्ने विषय पनि बैठकमा उठाउने तयारीमा केही नेताहरु रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्