
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपराष्ट्रपति रामशहाय यादव लगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन्।
बुधवार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित दाहाल लामो समयदेखि बिरामी
हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्