
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमामार्फत दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको हो ।
उहाले लेख्नु भएकाे छ, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्